दाङमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जुवाडे पक्राउ
सोमबार, ०३ कात्तिक २०८२, ०९ : ४९
सारांश
- दाङको घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जना जुवाडे पक्राउ परेका छन्।
- घोराही उपमहानगरपालिका वडा १८ का वडाध्यक्ष र इन्जिनियर जुवा खेलिरहेको अवस्थामा पक्राउ परे।
- प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ र तीन गड्डी तास बरामद गरेको छ।
दाङ । दाङको घोराहीमा एक वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकाकै कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको छ।
पक्राउ पर्ने अन्यमा घोराही-१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका-२ का तेज प्रसाद आचार्य छन्। प्रहरीले पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण