बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सोमबार, ०३ कात्तिक २०८२, १३ : १३
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा बेलौरी नगरपालिका-३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन्।
  • आचार्यको शव बेलौरीबाट ढक्का शिविर जाने सडकखण्डमा फेला परेको थियो।

कञ्चनपुर ।  जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् ।

वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका थिए । ‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो’, उनले भने ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो । शव परीक्षणका लागि प्रहरीले बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप