समिर र बिराज भट्टको ‘१२ गाउँ’ ओटीटीमा रिलिज
मङ्गलबार, ०४ कात्तिक २०८२, १३ : ००
सारांश
- गत वर्षको हिट फिल्म '१२ गाउँ' ओटीटी प्लेटफर्म 'सिनेमाघर'मा सार्वजनिक गरिएको छ।
- फिल्म लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिएको हो र दर्शकले रु. २९९ मा हेर्न सक्नेछन्।
- अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्ममा बिराज भट्ट, समीर भट्ट लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । गत वर्षको हिट फिल्म ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ । नेपाली बक्स अफिसमा २२ करोड कमाउन सफल फिल्म लक्ष्मीपूजाको अवसर पार्दै ओटीटीमा रिलिज गरिएको हो ।
फिल्म दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन् । ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ । साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्ममा बिराजसँगै समीर भट्ट, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण