त्रिदेशीय मैत्रीपूर्ण खेलमा राम्रो नतिजा आउने प्रशिक्षक न्यौपानेको विश्वास
सारांश
- नेपाली महिला फुटबल टोलीलाई त्रिदेशीय मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नुअघि बिदाइ गरियो।
- मुख्य प्रशिक्षक नवीन न्यौपानेले राम्रो नतिजाको अपेक्षा गर्दै खेलाडीको मिहिनेतको प्रशंसा गरे।
- टोलीले भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्नेछ, जसमा कप्तान सावित्रा भण्डारीले नयाँ खेलाडीबारे बताए।
काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दसैँ र तिहारको बिचमा पनि सबै खेलाडीहरूले मिहिनेत गरेकाले खेलमा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे। तीन हप्ताको प्रशिक्षण अवधिमा खेलाडीहरूले राम्रो तयारी गरेको र देशबाहिर रहेका खेलाडीहरू स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टोली बनेको उनले बताए। न्यौपानेले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको खाका तयार गर्न आफू लागिपरेको पनि उल्लेख गरे।
_5qdBZj6Nnr.jpg)
त्यस्तै, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा' ले टोलीमा अधिकांश नयाँ खेलाडीहरू रहेको र आगामी खेलका लागि उत्साहित रहेको बताइन्। यसअघिको खेलमा देखिएका कमीकमजोरीहरूलाई सुधार गर्दै नेपाली टोली मैदानमा उत्रने उनको भनाइ छ।
एन्फाका अनुसार नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० तथा १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण