प्रधानमन्त्रीले संवादका लागि बोलाइनन् विघटित संसद्मा प्रतिनिधित्व गर्ने ३ पार्टीलाई
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्दैछिन्।
- छलफलमा राष्ट्रिय मान्यताप्राप्त दल र निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू सहभागी हुनेछन्।
- सचिवालयले पठाएको नामावलीमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका नेताको नाम समावेश छैन।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गर्दैछिन् ।
कार्कीको सचिवालयले राजनीतिक दलहरूसँग निर्वाचनबारे हुने संवादमा राष्ट्रिय मान्यताप्राप्त दललाई मात्रै बोलाइएको जनाएको छ ।
सचिवालयले पठाएको नामावलीमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये ११ दलका नेताका नाम मात्रै देखिन्छ । तीन दलका नेताहरूलाई भने बाेलाइएकाे छैन ।
कार्कीको सचिवालयले पठाएका नेताका नाममा जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका प्रतिनिधिको नाम छैन ।
सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुँदैछन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली जाँदैछन् ।
प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी हुने छन् । त्यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी हुनेछन् ।
एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालालाई छलफलमा बाेलाइएकाे छ ।
विघटित प्रतिनिधिसभामा जनता समाजवादी पार्टीको ७, जनमोर्चा र आम जनता पार्टीको एक/एक सिट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण