जुवातास खेल्ने ७ जना पोखराबाट पक्राउ
बुधबार, ०५ कात्तिक २०८२, १० : १३
सारांश
- पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
- उनीहरूको साथबाट २ लाख ९५ हजार ६ सय ७५ नगद बरामद भयो।
- तिहारपछि कास्की प्रहरीले जुवातास खेलिरहेका २७ जनालाई पक्राउ गरिसकेको छ।
पोखरा । जुवातास खेलिरहेको अवस्थामा पोखराबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पोखरा १६ माथिल्लो दिपबाट ४ बुक तास सहित उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट २ लाख ९५ हजार ६ सय ७५ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । तिहार लागेपछि मात्रै कास्की प्रहरीले २७ जनालाई पक्राउ गरिसकेको छ ।
उनीहरुबाट ८ लाख ९७ हजार ७ सय ८० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीलाई जुवातास खेलिरहेको सूचना पाएपछि छापा मार्ने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण