मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

म्यानमारमा स्पेसएक्सले किन बन्द गर्‍यो २५०० स्टारलिंक स्याटेलाइट टर्मिनल ?

बिहीबार, ०६ कात्तिक २०८२, १० : ३७
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • एलन मस्कको स्पेसएक्सले म्यानमारमा साइबर अपराधमा प्रयोग भएका २,५०० भन्दा बढी स्टारलिंक टर्मिनल बन्द गरेको छ।
  • थाई-म्यानमार सीमा क्षेत्रमा सक्रिय ठगी केन्द्रहरूले अनलाइन ठगीमा मानिसहरूलाई संलग्न गराउँदै आएका थिए।
  • स्पेसएक्सले सेवाको उल्लङ्घन वा दुरुपयोग भएको थाहा पाउने बित्तिकै कारबाही गर्ने जनाएको छ।

याङ्गुन । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सले म्यानमारमा साइबर अपराध र अनलाइन ठगी शिविरहरूमा प्रयोग भइरहेका २ हजार ५०० भन्दा बढी स्टारलिंक स्याटेलाइट टर्मिनलहरू बन्द गरेको छ।

थाई-म्यानमार सीमा क्षेत्रमा ३० भन्दा बढी ठगी केन्द्रहरू सक्रिय रहेको र त्यहाँ विश्वभरका मानिसहरूलाई अनलाइन ठगीमा संलग्न हुन अवैध रूपमा भर्ती गरिने खबरहरू सार्वजनिक भएका थिए। यी अवैध कार्यहरूबाट हरेक वर्ष अरबौँ डलरको कारोबार हुने बताइन्छ।

स्पेसएक्सकी स्टारलिंक व्यापार सञ्चालन प्रमुख लरेन ड्रेयरले भनिन्, "हामी विरलै सेवाहरू बन्द गर्छौं, तर जब कुनै उल्लङ्घन वा दुरुपयोग भएको थाहा पाउँछौँ, हामी तुरुन्तै कारबाही गर्छौं।"

कम्पनीको यो कारबाही सोमबार म्यानमारको सेनाले केके पार्क नामक एक प्रमुख ठगी केन्द्रको नियन्त्रण कब्जा गरेपछि आएको हो। विगत दुई वर्षमा सैन्य जुन्टाले विद्रोही समूहहरूबाट पुनः नियन्त्रणमा लिएका क्षेत्रहरूमध्ये यो पनि एक हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप