माओवादीसहितको पार्टी एकतामा झलनाथको ‘ग्रिन सिग्नल’
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि सहमति जनाएका छन्।
- खनालले सुरुमा एकताको विपक्षमा अपिल गरे पनि अध्यक्ष माधव नेपालसँगको छलफलपछि एकताको पक्षमा उभिने निर्णय लिए।
- एकीकृत समाजवादी पार्टीले माओवादी, विप्लव नेतृत्वको नेकपा लगायतका दलहरूसँग एकताको लागि गृहकार्य गरिरहेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्र सहितका कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि ‘ग्रिन सिग्नल’ दिएका छन् । असोज २६ पार्टीको सचिवालय बैठकले एकता गर्ने निर्णयविरुद्ध उभिएका खनाल अध्यक्ष माधव नेपालसँग लामो छलफल पश्चात् एकताका लागि ‘ग्रिन सिग्नल’ दिएका हुन् ।
श्रीमतीको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेका खनालले सचिवालय बैठक बसिरहेको बेला पार्टीको निम्ति अहिले कसैसँग पनि एकता गर्ने मौसम नभएको, कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा र अरूलाई पार्ने दिशामा नलागौँ भनेर अपिल गरेका थिए । एकताको विपक्षमा खनालको अपिल आएपछि असोज २७ गते अध्यक्ष नेपालले मार्गदर्शक सिद्धान्त, पार्टीको कार्यदिशा, संगठनात्मक सिद्धान्त लगायत विषयमा प्रस्ट पारेपछि एकताको पक्षमा सकारात्मक देखिएको एकीकृत समाजवादीका वरिष्ठ नेता तथा वार्ता टोलीका संयोजक डा. बेदुराम भुसालले जिकिर गरे ।
‘सम्मानित नेताले एकताको विपक्षमा अपिल पठाउनुभएपछि पार्टी अध्यक्षले भोलिपल्टै उहाँसँग लामो कुराकानी गर्नुभएको छ । एकताको स्पष्ट खाका सहितको राजनीतिक दस्ताबेजबारे जानकारी गराएपछि आफू पनि विचार र सिद्धान्त सहितको वामपन्थी एकताको पक्षमा रहेको र पार्टीको निर्णयको विपक्षमा नउभिने स्पष्ट पार्नु भएको छ’, रातोपाटीसँग भुसालले भने ।
निर्वाचन आयोगले आह्वान गरेको दल दर्ता अवधि अगाडि नै एकताका लागि तीव्र रफ्तारमा गृहकार्य भइरहेकाले एकता घोषणाको दिनसम्म आइपुग्दा पार्टीको एक मतले निर्णय हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । भुसालले एकताप्रति असन्तुष्ट देखिएका महासचिव घनश्याम भुसाल लगायत नेताहरूसँग पनि अध्यक्ष नेपालसहित वार्ता टोली सदस्यहरूको नियमित छलफल भइरहेको जिकिर गरे ।
पार्टी एकताका लागि माओवादी, विप्लव नेतृत्वको नेकपा, महिन्द्र राय यादव नेतृत्वको नेसपा, अशोक राई नेतृत्वको जसपा, प्रेमबहादुर सिंह लगायतका पार्टीसँग एकताबारे छलफल भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण