छ महिनापछि परिणाम देखिनेछ : रुसी प्रतिबन्धमा पुटिनको आलोचनाप्रति ट्रम्पको जवाफ
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनको प्रतिबन्धको आलोचनामा प्रतिक्रिया दिँदै आगामी ६ महिनामा प्रभाव देखिने बताए।
- पुटिनले प्रतिबन्धलाई 'प्रतिकूल कदम' भन्दै रुसको अर्थतन्त्रमा खासै असर नपर्ने दाबी गरे, तर तेलको मूल्य भने बढेको छ।
- अमेरिका र रुसबीचको शिखर बैठक रद्द भएकोमा दुवै नेताले प्रतिक्रिया दिए, र आगामी भेटको सम्भावना कायमै रहेको जनाए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताएका छन् ।
रोजनेफ्ट र लुकोइलजस्ता रुसका ठुला तेल कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे पत्रकारहरूले सोध्दा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भने, “म खुसी छु कि उहाँ ९पुटिन० ले त्यस्तो महसुस गर्नुभयो । यो निर्णयले कसरी काम गर्छ भन्नेबारे अबको छ महिनामा हामी सबैले हेर्नेछौँ ।”
रुसी राष्ट्रपति पुटिनले प्रतिबन्धहरूलाई ‘प्रतिकूल कदम’ भन्दै रुसको अर्थतन्त्रमा खासै असर नपार्ने दाबी गरेका थिए । उनले भनेका थियो, “यो निःसन्देह रुसमाथि दबाब दिने प्रयास हो, तर कुनै पनि आत्मसम्मान गर्ने देशले कहिल्यै दबाबमा निर्णय गर्दैन ।”
अमेरिकाको नयाँ प्रतिबन्धपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ, जसले व्यापारीहरूलाई आपूर्तिमा कमी आउने चिन्ता थपेको छ । यसैबिच पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आगामी शिखर बैठक रद्द भएकोप्रति टिप्पणी गर्दै ‘द्वन्द्वभन्दा संवाद सधैँ राम्रो हुन्छ’ भनेका थियो ।
राष्ट्रपति ट्रम्पले भने उक्त बैठक रद्द गर्नुको कारण आफूले अपेक्षित प्रगति नदेखिएको बताए । “हामीले पुटिनसँगको बैठक रोक्यौँ, किनभने हामीले चाहेजस्तो नतिजा पाइएन । तर भविष्यमा बैठक हुनेछ”, उनले स्पष्ट गरे ।
रुसी पक्षले भने बैठक केवल स्थगित भएको जनाउँदै अगस्ट महिनामा अलास्कामा दुवै नेताबीच भेट भएको स्मरण गराएको छ ।
अमेरिकाले हालै रोजनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । प्रतिबन्धपछि मस्कोले वासिङ्टनको यो कदमलाई ‘सम्बन्ध सुधारमा बाधा पुर्याउने’ प्रतिक्रिया दियो । रसिया टुडेका अनुसार राष्ट्रपति पुटिनले यसले अर्थतन्त्रमा न्यून प्रभाव पार्ने भन्दै भने, “कुनै आत्मसम्मानपूर्ण देशले दबाबमा कहिल्यै निर्णय गर्दैन ।”
यसै सन्दर्भमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रतिबन्ध ‘उचित र आवश्यक’ भएको बताउँदै रुस–युक्रेन शान्ति प्रक्रिया सुस्त गतिमा चल्नुमा अमेरिकाको निराशा प्रतिबिम्बित भएको बताइन् । उनका अनुसार राष्ट्रपति ट्रम्पले जहिले पनि जब आवश्यक लाग्छ रुसमाथि प्रतिबन्ध लगाउने स्पष्ट नीति अपनाएका छन् । यो पनि त्यसकै निरन्तरता हो ।
लेभिटले पुटिन र ट्रम्पबीचको सम्भावित बैठक पूर्ण रूपमा ‘तालिकाबाट हटाइएको छैन’ भन्दै अमेरिकी पक्ष बैठकबाट ठोस र सकारात्मक परिणाम निकाल्ने लक्ष्यमा रहेको बताइन् ।
“राष्ट्रपतिले वार्ताको मात्रै होइन, कार्यको पनि अपेक्षा राख्नुभएको छ । उहाँ आफ्ना शान्ति प्रयासहरू व्यर्थ नजाउन् भन्ने चाहनामा हुनुहुन्छ । मध्यपूर्वमा प्राप्त सफलताबाट उहाँ प्रेरित हुनुहुन्छ र युक्रेन युद्ध अन्त्य होस् भन्ने उहाँको चाहना हो”, लेभिटले भनिन् ।
पुटिनले पनि बुडापेस्टमा तय गरिएको अमेरिका–रुस शिखर सम्मेलन स्थगित भएको पुष्टि गर्दै अमेरिकाले बारम्बार दबाबको हतियारका रूपमा प्रतिबन्ध प्रयोग गर्ने गरेको आरोप लगाए । उनले ‘अमेरिकी प्रशासनका केही व्यक्ति रुसी तेल निर्यात सीमित गर्न दबाब दिइरहेका छन् र उनीहरूले वास्तवमै कसका हितका लागि काम गर्छन् भन्ने प्रश्न उठेको’ बताए ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्धले दुवै रुसी तेल कम्पनीका अमेरिकास्थित सम्पत्ति फ्रिज गर्नेछ र अमेरिकी नागरिक तथा संस्थाहरूलाई ती कम्पनीहरूसँग व्यापार गर्न निषेध गर्नेछ । यस कदमको उद्देश्य रुसको युद्ध सञ्चालनलाई आर्थिक रूपमा कमजोर बनाउनु रहेको बताइएको छ ।
राष्ट्रपति पुटिनले भने, “यदि वासिङ्टन र मस्कोले दबाबको रणनीति त्यागे र दीर्घकालीन दृष्टिकोणमा गम्भीर संवाद अघि बढाए भने दुवै देशबिच सहकार्यका धेरै सम्भावनाहरू छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण