शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मापसे गरी प्रहरीलाई अभद्र व्यवहार गर्ने चार जना पक्राउ

शनिबार, ०८ कात्तिक २०८२, ०९ : ३९
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • संखुवासभाको चैनपुरमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा ६० वर्षीय चन्द्र बहादुर आले मगर लगायत चैनपुर नगरपालिका वडा नम्बर ३ का बासिन्दा छन्।
  • प्रहरीले होहल्ला गरिरहेका व्यक्तिहरूलाई सम्झाउन जाँदा अभद्र व्यवहारको सामना गरेको थियो।

संखुवासभा । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा संखुवासभाको चैनपुरबाट चार जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार चैनपुर नगरपालिका वडा नम्बर ३ मगर गाउँका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ६० वर्षीय चन्द्र बहादुर आले मगर, ४१ वर्षीय पूर्ण बहादुर आले मगर, ४० वर्षीय तेज बहादुर आले मगर र ३८ वर्षीय दाछिरी शेर्पा छन्। उनीहरू सबै चैनपुर नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन्।

प्रहरीका अनुसार, कात्तिक ६ गते राति करिब ८ बजेको समयमा मगर गाउँमा केही मानिसहरूले होहल्ला गरिरहेको खबर प्रहरी चौकी सिद्धपोखरीमा आएको थियो। प्रहरी सहायक निरीक्षक भीम बहादुर बरालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई सम्झाउन जाँदा मादक पदार्थ सेवन गरेका उनीहरूले प्रहरी टोलीलाई नै अभद्र व्यवहार गरेका थिए।

अभद्र व्यवहार गरेपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप