सम्बन्ध सुध्रिएसँगै भारत र चीनबिच सीधा उडान पुनः सुरु
सारांश
- भारत र चीनबीचको सम्बन्ध सुधारसँगै सीधा उडान पुनः सुरु भएको छ, जसमा कोलकाताबाट ग्वाङ्झाउका लागि इन्डिगोको उडान समावेश छ।
- कोभिड महामारी र सीमा विवादका कारण रोकिएका उडानहरू, दुई देशले सम्बन्ध सुधार्दै गएपछि पुनः सञ्चालनमा आएका हुन्।
- भारतीय सरकारले यस कदमलाई जनस्तरको सम्पर्क र द्विपक्षीय आदानप्रदानको सामान्यीकरणमा सहयोगी हुने बताएको छ।
नयाँ दिल्ली । भारत र चीनबिचको सम्बन्धमा सुधार आएसँगै दुई देशबिचको सीधा उडान पुनः सुरु भएको छ । कोलकाताबाट उडेको इन्डिगोको उडान सङ्ख्या ६ई १७०३ सोमबार करिब १८० यात्रु लिएर चीनको दक्षिणी सहर ग्वाङ्झाउमा अवतरण गरेको छ ।
सन् २०२० को सुरुमा कोभिड महामारीका बेला यी दुई देशबिचको उडान पहिलो पटक स्थगित गरिएको थियो । त्यसपछि विवादित हिमाली सीमा क्षेत्रमा भएको घातक झडपले तनाव बढाएपछि पनि उडान सुरु हुन सकेको थिएन ।
तर, पछिल्लो समय दुई देशले बिस्तारै सम्बन्ध पुनर्निर्माण गर्दै गएका छन् । गत वर्ष उनीहरू सीमा गस्तीबारे एक महत्त्वपूर्ण सम्झौतामा पनि पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि गत अगस्टमा चीनको भ्रमण गरेका थिए । सोही महिना चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए ।

भारतीय सरकारले उडान पुनः सुरु हुनुले “जनस्तरको सम्पर्कलाई सहज बनाउने” र “द्विपक्षीय आदानप्रदानको क्रमिक सामान्यीकरण” मा मद्दत पुग्ने बताएको छ । भारतले चिनियाँ पर्यटकहरूलाई भिसा जारी गर्न पनि पुनः सुरु गरेको छ ।
आइतबार साँझ कोलकाता विमानस्थलमा इन्डिगोका कर्मचारीहरूले सीधा उडानको पुनः सुरुवातको अवसरमा दियो बालेका थिए । विमानस्थलमा चिनियाँ वाणिज्य दूतावासका वरिष्ठ अधिकारी किन योङले पत्रकारहरूसँग कुरा गर्दै यो “भारत-चीन सम्बन्धका लागि धेरै महत्त्वपूर्ण दिन” भएको बताए । एक यात्रुले सीधा उडानले लजिस्टिक र ट्रान्जिट समयमा सुधार ल्याउने बताए ।
चाइना इस्टर्न एअरलाइन्सले नोभेम्बरमा सांघाई र दिल्ली जोड्ने उडान सुरु गर्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण