कात्तिक २० गते प्रदर्शनका लागि काठमाडौँमा आउन विप्लवको आह्वान
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा हुने आमसभामा सहभागी हुन आह्वान गरे।
- विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन र देश आफैँले फेर्ने कुरामा जोड दिए।
- उनले भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त भए देशले उन्नति गर्ने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका हुन् ।
नेपाललाई अरूले नभई आफैँले फेर्ने हो भन्दै उनले जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त हुन्छन् तब देशले आत्मसम्मान सहित उन्नति हासिल गर्ने स्पष्ट पारेका छन् ।
‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले लेखेका छन् ।
नेकपाको पछिल्लो केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा सङ्घर्ष गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण