जयशंकर र रुबियोबिच मलेसियामा भेटवार्ता, के छलफल भयो ?
सोमबार, १० कात्तिक २०८२, १६ : ४१
सारांश
- भारतीय विदेशमन्त्री एस. जयशंकर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मलेसियाको क्वालालम्पुरमा भेटवार्ता भयो।
- जयशंकर पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन मलेसिया पुगेका थिए, जहाँ आसियान शिखर सम्मेलन पनि भइरहेको छ।
- रुबियोले भारतको कूटनीतिक परिपक्वताको प्रशंसा गर्दै पाकिस्तानसँगको सम्बन्धले भारतलाई असर नगर्ने बताए।
क्वालालम्पुर । भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग मलेसियाको क्वालालम्पुरमा भेटवार्ता गरेका छन् ।
जयशंकर पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन मलेसियामा छन् । आसियान शिखर सम्मेलन पनि मलेसियामा नै भइरहेको छ ।
‘आज बिहान मार्काे रुबियोलाई भेटेर खुशी लाग्यो । द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा हामीले गरेको छलफलको म कदर गर्छु,’ बैठकबारे लेख्दै जयशंकरले इन्स्टाग्राममा लेखेका छन् ।
यसअघि शनिबार मार्काे रुबियोले पत्रकारहरूसँगको कुराकानीमा भारतको कूटनीतिक परिपक्वताको प्रशंसा गरेका थिए । पाकिस्तानसँगको रणनीतिक सम्बन्ध बढाउने अमेरिकाको प्रयासले भारतसँगको ऐतिहासिक र गहिरो सम्बन्धलाई असर नगर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण