विप्लवले दल दर्ता गर्दै, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव
सारांश
- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।
- पार्टी दर्ताका लागि प्रवक्ता, स्थायी समिति सदस्यसहितको टोली मंगलबार आयोग जाने भएका छन् ।
- पार्टीको नाम 'कम्युनिस्ट पार्टी नेपाल' प्रस्ताव गरिएको छ, र चुनाव चिन्हबारे निष्कर्षमा पुगिएको छैन।
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल मंगलबार १२ः४५ बजे आयोग जाने भएका छन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए ।
‘तीन वटा विकल्प लिएर अयोगमा जाँदैछौँ । हामीले कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छौँ । आयोगका पदाधिकारीसँग पनि छलफल गर्दै छौँ । नामको सम्बन्धमा अन्य विकल्पबारे पनि छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन । आयोगका कुन कुन दल दर्ता भएका छन् । कुन कुन प्रक्रियामा छन्, ती सबै अध्ययन गरेर मात्र पार्टी दर्ता गर्ने तयारी गरेका छौँ । सकेसम्म पार्टीको नाम पछाडि फुर्को नजोड्ने गरी राख्छौँ । चुनाव चिन्हबारे पनि निष्कर्षमा पुगेको छैन’, उनले भने ।
ढकालले आयोगमा बुझाउन १५ सय जनाको हस्ताक्षर र विधान तयार पारिएको तथा नपुगेको बाँकी दस्ताबेज पछि उपलब्ध गराउने बताए ।
संसदीय निर्वाचनमा भाग लिने आधिकारिक निर्णय गरेको नेकपाले २०८१ चैत १९ गते आयोगमा दल दर्ताका लागि अध्ययन गर्न बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण