जनता आफैले फैसला गर्ने एउटा प्रजातान्त्रिक विधि निर्वाचन हो : प्रवक्ता विश्वकर्मा
सारांश
- प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव खड्गबहादुर विश्वकर्माले निर्वाचन आयोगमा दल दर्ता गरेका छन्।
- विश्वकर्माले जनताको फैसला निर्वाचनबाटै हुने भन्दै निर्वाचनमा भाग लिन चाहेको बताए।
- विप्लवको पार्टीले २०६९ सालमा पार्टी विभाजनपछि पहिलो पटक निर्वाचनका लागि दल दर्ता गरेको हो।
काठमाडौँ । प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव खड्गबहादुर विश्वकर्माले पार्टीको नयाँ दृष्टि, जनताको चाहना र अहिलेको वस्तुगत अवस्थालाई मध्यनजर गरी निर्वाचन आयोगका दल दर्ता गरेका जिकिर गरेका छन् । मंगलबार दिउँसो दल दर्ताका लागि आयोग पुगेका विश्वकर्माले जनताले आफ्नो फैसला आफैले गर्ने एउटा विधि निर्वाचन भएकाले आफूले निर्वाचनमा भाग लिन खोजेको जिकिर गरे ।
‘नयाँ दृष्टि अगाडि सारेर जनताको मुद्दा, सिस्टमको कुरा र जनताको चाहनाका कुरा जनता आफैले फैसला गर्ने एउटा प्रजातान्त्रिक विधिमा निर्विरोध फैसला गर्न पाउने विधि निर्वाचन हो । यद्यपि यसमा हाम्रो अनुभव र सीमाहरू छन् । देश र जनताको माग र अहिलेको वस्तुगत नीति अनुसार राष्ट्रिय पार्टीले विकास गर्नुछ नै’, उनले भने ।
निर्वाचन प्रयोजनको अभ्यास जीवनको पहिलो अभ्यास भएको उनले बताए । २०६९ सालमा एकीकृत नेकपा माओवादीबाट अलग भएपछि विप्लवको पार्टीले निर्वाचनमा भाग लिनका लागि पहिलोपटक आयोगका दल दर्ताका लागि निवेदन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण