सामान्य त्रुटिले पनि निर्वाचन बिथोलिन सक्छ : आयुक्त भण्डारी
सारांश
- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ को निर्वाचनमा भाग नलिए दलहरू राजनीतिक योगदानबाट बाहिरिने बताए।
- भण्डारीले नेकपा एमालेलगायतका दलहरूले निर्वाचनमा देखाएको बेवास्ताप्रति सङ्केत गर्दै यस्तो धारणा राखेका हुन्।
- आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको र सबैको सुझावबाटै निर्वाचन गराउने दाबी गरे।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ को निर्वाचनमा भाग नलिए दलहरू मुलुकमा गर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुने बताएका छन् । मंगलबार आयोगमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।
नेकपा एमालेलगायतका केही दलहरूले निर्वाचनप्रति देखाएको बेवास्तालाई भण्डारीले सङ्केत गरे । ‘फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा सदस्यको अग्रिम निर्वाचन अर्थात् परिस्थितिले उब्जिएको निर्वाचन भन्नुपर्ने अवस्था र वेला छ’, भण्डारीले भने, ‘यो अवस्था र वेलालाई विश्लेषण गर्दै जनताको मतबाट हामीले बाहिर रहेर प्रतिस्पर्धा गरेनौ भने मुलुकमा राजनीतिक रूपमा गर्नुपर्ने योगदानबाट बहिर्मुखी हुन्छौ ।’
उनले आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको भन्दै सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन बिथोलिन सक्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । उनले आयोगले निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई चुनौती भयो भनेर प्रचार गर्ने गरिए पनि आयोगले त्यो चुनौतीलाई अवसरका ग्रहण गरेको बताए ।
‘तर निर्वाचन आयोगले भदौ २७ गते मिति घोषणा भयो । यो चुनौती चुनौतीलाई अवसरमा परिणत गरेर जसरी पनि निर्वाचन सम्पन्न गर्न आयोग कार्य सम्पादनमा जुटेको छ’, भण्डारीको भनाइ छ ।
उनले आयोगले सबै दलसँग छलफल गर्ने र सुझाव लिने भन्दै सबैको सुझावबाटै आयोग अघि बढ्ने र निर्वाचन गराउने प्रयत्नमा लागेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण