वीरेन्द्रनगरबाट २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित एक जना पक्राउ
सारांश
- सुर्खेत प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
- वीरेन्द्रनगर-३ बाट २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित २३ वर्षीय सद्दाम हुसेन खाँ पक्राउ परेका हुन्।
- प्रहरीले लागूऔषध कारोबारको सूचनाका आधारमा खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको हो।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका—३ बाट २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका —८ स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएका २३ वर्षीय सद्दाम हुसेन खाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खाँलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
प्रहरी टोलीले खाँको शरीर र बसिरहेको कोठा खानतलासी गर्दा शुद्ध २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका खाँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर मुद्दा दर्ता गरिएको छ । प्रहरी नायव उपरीक्षक बुढथापाका अनुसार, मंगलबार अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण