केन्यामा विमान दुर्घटना, १२ जना सवार थिए
मङ्गलबार, ११ कात्तिक २०८२, १६ : २५
सारांश
- केन्याको क्वाले काउन्टीमा एउटा सानो विमान दुर्घटनाग्रस्त भयो।
- विमानमा १२ जना सवार थिए र कोही पनि जीवित छैनन्।
- दुर्घटना मासाई मारा राष्ट्रिय आरक्षतर्फ जाँदै गर्दा भएको हो।
नैरोबी । केन्याको तटीय क्षेत्र क्वाले काउन्टीमा मंगलबार बिहान एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान त्यहाँको चर्चित पर्यटकीय गन्तव्य मासाई मारा राष्ट्रिय आरक्षतर्फ जाँदै थियो । विमानमा बाह्र जना सवार थिए । दुर्घटनामा कोही पनि बाँच्ने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटना क्वालेको पहाडी क्षेत्रको डायनी एयरस्ट्रिपबाट लगभग ४० किलोमिटर टाढा भएको बताइएको छ । क्वाले काउन्टीका कमिश्नर स्टीफन ओरिन्डेका अनुसार दुर्घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।
दुर्घटनाको कारणमाथि अनुसन्धान भइरहेको बताइएको छ । फुटेजमा विमान आगोमा ह्र्वाहर्वाती जलिरहेको देखिएको भन्दै केन्यन्सडटकोडटकेले समाचार छापेको छ । विमानका भग्नावशेष दूघर्टनास्थल आसपास छरपष्ट देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण