१० बजे १० समाचार : बुलेटबाट ब्यालेटतर्फ विप्लव, मोन्था चक्रवातको चिन्ता
आज २०८२ कात्तिक ११ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- बुलेटबाट ब्यालेटतर्फ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ १३ वर्षपछि संसदीय राजनीतिमा विधिवत् फर्किएका छन् । आगामी फागुन २१ गतेलाई घोषणा भएको निर्वाचनमा भाग लिने उद्देश्यले प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर कम्युनिस्ट पार्टी नेपाल दल दर्ताका लागि निवेदन दिएका छन् ।
- कांग्रेसमा महाधिवेशन बहस
नेपाली कांग्रेसमा विशेष महाधिवेशन नहुने निश्चित भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निर्देशनमा युवा नेता गुरुराज घिमिरेको संयोजनमा दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए । यो संख्या २०७८ मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा रहेका महाधिवेशन प्रतिनिधिको संख्याको ५० प्रतिशत बढी हो ।
- प्रदेश
गण्डकी प्रदेश सभा सदस्य (सांसद)का स्वकीय सचिवहरूलाई तलब दिन बन्द गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार उनीहरूलाई असोज महिनाको तलब सुविधा नदिइएको हो ।
सङ्घीय सरकारले सांसदहरूको स्वकीय सचिवको सुविधा कटौती गर्ने निर्णय गरेसँगै बागमती प्रदेशका सांसदहरूका स्वकीय सचिवहरूको सुविधा पनि प्रभावित भएको छ। प्रदेश सरकारले यसबारे कुनै निर्णय नगर्दा प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको तलब भत्ता रोकिएको छ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक (तीन महिना)मा जम्मा ९.३५ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ १२.५८ र पुँजीगततर्फ जम्मा ७.२३ प्रतिशत खर्च भएको हो ।
कोशी प्रदेश सभामा प्रतिनिधित्व गरेका राप्रपाका सबै सांसदले यसअघि राजीनामा घोषणा गरे पनि तलब तथा सुविधा लिएको पाइएको छ ।
- न्यायालय
जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
- सरकार
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका सुरक्षाकर्मी फिर्ता भएका छन् । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।
- खेलकुद
चुनावी सरकारको छोटो कार्यकालका लागि नियुक्त भएका युवा तथा खेलकुद मन्त्रीसँग नेपाली खेलकुद क्षेत्रले ठुलो अपेक्षा राखेको छ । करिब पाँच महिनाको सीमित समयमा खेलकुदका सबै समस्या समाधान गर्न असम्भव भए पनि केही रणनीतिक र साहसिक निर्णयले उनको कार्यकाललाई स्मरणीय बनाउन सक्ने अवसर छ ।
- हिमपात
यस वर्ष कात्तिक दोस्रो सातामै हिमाली क्षेत्रमा हिमपात भएको छ । जसकारण हिमाली जिल्लाका पर्यटन व्यवसायी र किसानमा उत्साह भरिएको छ । हिमपातले साहसिक पर्यटकहरुलाई आकर्षित गर्ने र पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा छ ।
- मोन्था चक्रवात
बंगालको खाडीमा विकसित भएको 'मोन्था' नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।
- कुलत
कात्तिक ६ गते राउटे समुदायका पुजारी भक्तबहादुर शाही (रास्कोटी)को निधन भयो । उनी ७१ वर्षका थिए । उनी राउटे समुदायका सबैभन्दा वृद्ध रहेको राउटे परियोजनाका कर्मचारी बताउँछन् ।
- दबाबमा बैंकिङ क्षेत्र
बैंक तथा वित्तीय संस्थाहरू चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म)काे वित्तीय विवरण प्रकाशनको तयारीमा छन् । कात्तिक २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले यो अवधिको रिपोर्ट प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण