जेनजीसहितको त्रिपक्षीय छलफलमा को–को हुँदैछन् सहभागी ?
सारांश
- सरकारले प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गर्दैछ।
- छलफलमा जेनजीबाट १४ र राजनीतिक दलबाट १६ जना सहभागी हुनेछन्, जसमा प्रधानमन्त्री पनि उपस्थित हुनेछिन्।
- सञ्चारमन्त्रीका अनुसार यो बैठक निर्वाचनको माहोल बनाउन सरकार, दल र जेनजीबिच पहिलो संयुक्त प्रयास हो।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गर्दैछ । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अपराह्न ४ बजे हुने छलफलमा जेनजीका तर्फबाट १४ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी हुनेछन् । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी हुनेछन् ।
‘छलफलमा जेनजीका तर्फबाट १४ र दलका तर्फबाट १६ जना सहभागी हुने लगभग निश्चित भएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘नामहरू फेरबदल समेत हुनसक्ने भएकाले अहिले नै नखुलाउँदा उपयुक्त होला ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण