रियलका समर्थकहरूसँग भिनिसियसले मागे माफी
काठमाडाैँ । रियल म्याड्रिडका विङ्गर भिनिसियस जुनियरले आइतबार बार्सिलोनाविरुद्धको एल क्लासिकोमा सब्सटिच्युट हुँदा देखाएको आफ्नो प्रतिक्रियाप्रति समर्थकहरूसँग माफी मागेका छन् ।
भिनिसियसलाई खेलको ७२ औँ मिनेटमा मैदानबाट बाहिर निकालिएको थियो । उनी आफ्नो निराशा व्यक्त गर्दै सिधै ड्रेसिङ रुमको टनेलतर्फ गएका थिए ।
ब्राजिलियन खेलाडी पछि बेन्चमा फर्किएका थिए । तर, २–१ को जितपछि पोष्ट–म्याचको अप्रिय दृश्यहरूमा उनले बार्सिलोनाका लामिन यामालसँग मुठभेड गर्ने प्रयास गरेका थिए ।
भिनिसियसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आज म क्लासिकोमा सब्सटिच्युट हुँदाको मेरो प्रतिक्रियाका लागि सबै म्याड्रिडिस्टासँग माफी माग्न चाहन्छु ।’
उनले बुधबारको प्रशिक्षणको क्रममा व्यक्तिगत रूपमा माफी मागिसकेको उल्लेख गर्दै थपे, ‘म मेरा सहकर्मी, क्लब र अध्यक्षसँग पनि फेरि माफी माग्न चाहन्छु ।’
उनले अगाडि भनेका छन्, ‘कहिलेकाहीँ जित्ने र आफ्नो टिमलाई सहयोग गर्ने चाहनाले ममा आवेग हाबी हुन्छ । मेरो प्रतिस्पर्धी चरित्र यस क्लब र यसले प्रतिनिधित्व गर्ने हरेक कुराप्रतिको मेरो प्रेमबाट उत्पन्न हुन्छ ।’
भिनिसियस सन् २०१८ मा ३८.७ मिलियन पाउन्डमा फ्लामेन्गोबाट रियल म्याड्रिड आएका थिए । उनले ३३५ खेलमा १११ गोल गरेका छन् ।
तर, पछिल्ला महिनाहरूमा रियलले उचित प्रस्ताव आएमा २५ वर्षीय यी खेलाडीलाई क्लब छाड्न दिने विचार गर्न सक्ने भन्दै समाचारहरू आएकाले स्पेनको राजधानीमा उनको भविष्य अनिश्चित देखिएको छ ।
आइतबार उनलाई सब्सटिच्युट गर्दा डीएजेडएन ब्रोडकास्टरको क्यामेराले उनलाई ‘सधैँ मलाई ! म टिम छोड्दैछु ! म छोडे राम्रो हुन्छ, म जाँदैछु’ भन्दै गरेको रेकर्ड गरेको थियो ।
तर, आफ्नो पछिल्लो विज्ञप्तिमा भिनिसियसले भनेका छन्, ‘म रियल म्याड्रिडका लागि हरपल लडिरहने वाचा गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण