‘जेनजी’ प्रदर्शनका क्रममा नवलपुरमा रु ५८ करोडको क्षति
सारांश
- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा 'जेनजी' प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट करिब रु ५८ करोडको क्षति भएको छ।
- आन्दोलनमा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो, जसमा सरकारी र निजी सम्पत्ति समावेश छन्।
- जिल्लाका विभिन्न सरकारी कार्यालय, स्थानीय तह, निजी आवास, र राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड भएको थियो।
नवलपुर। ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब रु ५८ करोडको क्षति भएको छ ।
प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब रु ५८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए। उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो ।
जिल्लास्थित सरकारी कार्यालयका एउटा चारपाङ्ग्रे सवारीसाधन र चारवटा मोटरसाइकल, तीनवटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका नौवटा मोटरसाइकल, पाँचवटा चारपाङ्ग्रे सवारीसाधन र सात वटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।
उनका अनुसार स्थानीय तहका नौवटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ । यस्तै, दुईवटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा तीनवटामा आंशिक रुपमा क्षति पुगेको छ । निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ ।
जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, पाँचवटा आंशिक तथा चारपाङ्ग्रे सवारीसाधनतर्फ चार/चारवटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा पाँचवटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । जिल्लामा दुईवटा प्रहरी इकाई, तीनवटा प्रहरी बिट र गण्डकी प्रदेशअन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । यस्तै, तीनवटा पालिका कार्यालय र छ वटा वडा कार्यालयमा आगजनी भएको उनले बताए।
आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ । यसैगरी आइएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा समेत आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा जिल्लास्थित चारवटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण