शक्तिशाली आँधी मेलिसाका कारण दर्जनौँको मृत्यु
बिहीबार, १३ कात्तिक २०८२, ०९ : ०७
सारांश
- जमैकामा शक्तिशाली आँधी मेलिसाले वितण्डा मच्चाउँदा घर र पूर्वाधारमा क्षति पुगेको छ।
- आँधीका कारण जमैकामा ५ र हैटीमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ।
- प्रधानमन्त्रीले देशमा पूर्ण विनाशको अवस्था घोषणा गर्दै बिजुली र फोन सेवा अवरुद्ध भएको बताए।
काठमाडौँ । जमैकाको इतिहासको सबैभन्दा शक्तिशाली आँधी मेलिसाले त्यहाँ वितण्डा मच्चाएको छ। शक्तिशाली आँधी र भारी वर्षाले घर र पूर्वाधारहरू ध्वस्त पारेको छ । बाढीका कारण क्यारेबियन टापु क्षेत्रभर दर्जनौँ मानिसहरूको मृत्यु भएको बताइएको छ ।
बुधबार जमैकामा यसको प्रभाव विशेष गरी गम्भीर थियो, बुधबार मेलिसाले ५ श्रेणीको आँधी बन्यो । जमैकामा अहिलेसम्म कम्तीमा ५ जनाको मृत्यु पुष्टि भइसकेको । हैटीमा कम्तीमा अरु २० जनाको ज्यान गएको बताइएको छ ।
जमैकामा धरै मानिसहरू अझै पनि छतमा फसेका छन्, र बिजुली आपूर्ति बन्द छ। प्रधानमन्त्री एन्ड्रयू होलनेसले देशभरि पूर्ण विनाशको अवस्था भएको भनेका छन् । आँधीले देशको धेरैजसो भाग अन्धकारमा डुबेको छ । फोन सेवाहरू अवरुद्ध भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण