यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
बिहीबार, १३ कात्तिक २०८२, १० : ४७
सारांश
- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले यूएईविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।
- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।
- खेल दुबईस्थित आईसीसी एकेडेमी मैदानमा जारी छ, जसमा नेपालले आफ्नो प्लेइङ-११ मा परिवर्तन गरेको छैन।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पाँचौँ त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा जारी यो खेलमा नेपालले आफ्नो प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्र एस ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण