कपिल शर्मा एम्सटर्डममा यस्तो अवस्थामा भेटिए
भारतीय हास्यकलाकार कपिल शर्मा टेलिभिजनबाट ब्रेक लिएपछि कहाँ छन्, यो धेरैको चासोको विषय होला । हालै, उनी नेदरल्याण्डमा आफ्नो छुट्टी मनाइरहेको बताइएको छ ।
कपिलको एउटा फोटो सार्वजनिक भएको छ जसमा उनी एम्सटर्डमको कुनै सुपरमार्केटमा सामान किनिरहेको देखिएका छन् । कुनैबेला निकै फिट देखिने कपिल अब पहिलाको तुलनामा निकै मोटाएका छन् । उनको पेट भ्यात्त बाहिर निस्किएको छ ।
प्रेमिकासँग ग्रिसमा भएको खबर आएको थियोः
यसअघि कपिल शर्मा प्रेमिका गिन्नी चतरथसँग ग्रीसमा बिदा मनाइरहेको खबर आएको थियो । करिब १५ दिन पहिले (जून १९) मा कपिललाई मुम्बई एयरपोर्टमा देखिएको थियो ।
कपिल निकै लामो समयदेखि विवादमा छन् । यसै वर्षको मार्च महिनामा सुरु भएको कपिलको नयाँ कार्यक्रम ‘फ्यामिली टाइम विद कपिल शर्मा’ तीन एपिसोडपछि नै बन्द भएको थियो ।
रिपोर्टका अनुसार च्यानले कपिलको अव्यवसायिक व्यवहारका कारण यसलाई बन्द गराइएको हो । त्यसपछि नै कपिललाई डिप्रेशन भएको थियो ।
रिह्याब सेन्टरमा उपचारको पनि खबर आयोः
कपिललाई अहिले टेलिभिजन, पर्दा वा कुनै पनि कार्यक्रममा देख्न पाइँदैन । उनले सोसल मिडियाबाट पनि टाढा छन् ।
केही भारतीय मिडियाले दाबी गरे अनुसार उनको कुनै रिह्याब सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण