बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियालाई पराजित गर्दै भारत विश्वकप फाइनलमा

बिहीबार, १३ कात्तिक २०८२, २३ : १३
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
  • अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
  • जेमिमा रोड्रिग्सले अविजित १२७ रन बनाउँदै भारतलाई जित दिलाइन् र प्लेयर अफ द म्याच घोषित भइन्।

काठमाडौँ । महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले अस्ट्रेलियामाथि जित हात पार्दै फाइनलमा स्थान बनाएको छ। अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै जित हासिल गरेको हो।

अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो। जवाफी इन्निङमा भारतका जेमिमा रोड्रिग्सले शानदार प्रदर्शन गर्दै अविजित १२७ रन (१३४) बनाएर टोलीलाई जित दिलाइन्।

उनकै उत्कृष्ट प्रदर्शनका कारण भारतले नौ बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍यो। यस उत्कृष्ट इन्निङका लागि जेमिमा रोड्रिग्स ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

भारतले अब दक्षिण अफ्रिकासँग आइतबार उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप