६ महिना कैद भुक्तान गर्न बाँकी रहेका कैदी भक्तपुरबाट पक्राउ
शुक्रबार, १४ कात्तिक २०८२, १० : ५०
सारांश
- केन्द्रीय कारागार, सुन्धाराबाट भागेका कैदी देवबहादुर बस्नेत भक्तपुरबाट पक्राउ परेका छन्।
- उनी लागुऔषध मुद्दामा दोषी ठहरिएका थिए र उनलाई २ वर्ष कैद र जरिवाना तोकिएको थियो।
- बस्नेतले ६ महिना कैद भुक्तान गर्न बाँकी रहेको कारागारको रेकर्डमा उल्लेख छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भएका २२ वर्षीय देवबहादुर बस्नेत ‘विष्णु’ छन् ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले शुक्रबार बिहान भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको हो । लागुऔषध मुद्दामा उनलाई अदालतले २ वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कारागारको रेकर्डअनुसार उनले ६ महिना कैद भुक्तान गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण