जनमत पार्टीकी प्रदेशसभा सदस्य पासवानले लिइन् शपथ
शुक्रबार, १४ कात्तिक २०८२, १७ : १४
सारांश
- जनमत पार्टीकी निलम पासवानले लुम्बिनी प्रदेशसभा सदस्यको रूपमा शपथ ग्रहण गरिन्।
- सभामुख तुलाराम घर्ती मगरले पासवानलाई शपथ ग्रहण गराएका थिए।
- गीता गुरुङको राजीनामापछि निर्वाचन आयोगले पासवानलाई दलित कोटाबाट निर्वाचित गर्यो।
बुटवल । जनमत पार्टीकी प्रदेशसभा सदस्य निलम पासवानले शपथ ग्रहण गरेकी छन्।
आज लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा पासवानलाई शपथ ग्रहण गराएको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले रातोपाटीलाई जानकारी दिए।
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि निर्वाचन आयोगले दलित कोटाबाट पासवानलाई बन्दसूचीमार्फत निर्वाचित गरेको हो। पासवान रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी हुन्।
जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभामा हाल तीन जना सदस्य रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण