प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्रीद्वयले भने – निर्वाचनमा जान तयार छौँ, सरकारले एमालेलाई पनि मनाओस्
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे राजनीतिक दलका नेताहरूसँग परामर्श गरिरहेकी छन्।
- उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निर्वाचनबारे छलफल गरिन्।
- महामन्त्रीद्वयले निर्वाचनमा जान कांग्रेस प्रतिबद्ध रहेको र एमालेलाई मनाउन सरकारलाई आग्रह गरे।
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीको परामर्श जारी छ ।
यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् ।
शनिबार दिउँसो ४ देखि ५ बजेको बिचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।
प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भए ता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’
महामन्त्रीद्वयले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरूसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए ।
जेनजीलगायत सबै राजनीतिक दलहरूसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि के-के सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले के-के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूको थियो ।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छन् । आज पार्टीको बैठक भएकाले अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको श्रेष्ठले बताए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक-फरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् ।
प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबिच त्रिपक्षीय संवाद भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण