माओवादीको आयोजक समिति सचिवालय बैठकले के–के गर्यो निर्णय ?
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकता रोक्न लिखित प्रस्ताव पेश गरे।
- प्रवक्ता अग्निप्रसाद सापकोटाले शर्माको अराजक गतिविधिप्रति असन्तुष्टि जनाए, बैठक छोडेर हिँडेकोमा आपत्ति व्यक्त गरे।
- सापकोटाले वामपन्थी एकता र नेकपा एकीकृत समाजवादीसँगको एकताको तयारी भइरहेको बताए, मंसिरमा विशेष महाधिवेशन नहुने जानकारी दिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्माले अराजक गतिविधि देखाएको बताएको छ । शनिबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने लिखित प्रस्ताव पेस गरेका थिए ।
बैठकपछि आज सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताले बसेर कुरा सुन्नोस् भन्दा पनि आफ्नो धारणा राखेर हिँडेकोमा असन्तुष्टि पोखे ।
‘जनार्दनजीले राम्रो गर्नुभएन । अराजक गतिविधि देखाउनुभयो । हिजोको बैठकमा उहाँले आफ्नो कुरा राख्नुभयो । तर अरूको कुरा पनि सुन्नुहोस् भन्दा बैठक छोडेर हिँड्नुभयो । आज बैठकमै आउनुभएन । त्यसैले उहाँबारे कुनै छलफल भएन’, उनले भने ।
देशमा अहिले देखिएको विषम सङ्कटको चुनौतीलाई सामना गर्न बृहत् वामपन्थीबिच एकीकरण हुन लागेको सापकोटाले जिकिर गरे । वामपन्थीबिच एकता र ध्रुवीकरण जेनजी आन्दोलनको भावना विपरीत नभएको उनको भनाइ छ ।
‘जेनजी आन्दोलनभन्दा पनि पहिलेदेखि नै हामीले वामपन्थी एकता र ध्रुवीकरणको विषय उठाइराखेका थियाैँ । जेनजीको माग सबैभन्दा बढी उठाउने हाम्रो पार्टी हो’, उनले भने, ‘जेनजी भावना विपरित भन्नु गलत छ । जेनजीले उठाएका मागमा सकारात्मक मात्र होइन, उनीहरूको माग र हाम्रो सोच विचार समान छन् ।’
पार्टी एकतालाई प्रचण्डको सुरक्षा घेरा मजबुत बनाउन खोजिएको भन्नु गलत भएको उनले बताए । ‘हामीले एकता नभए विशेष महाधिवेशन मङ्सिरमा नै गर्ने निर्णय भएको थियो तर एकता हुने भएपछि छलफल गरेर अर्को मिति तोक्छौँ । त्यसैले नेतृत्वको सुरक्षा घेरा बलियो बनाउन लागिएको आरोप गलत हो’, उनले भने ।
यस्तै सापकोटाले सिङ्गो एकीकृत समाजवादी नै एकतामा ल्याउने गरी गृह भइरहेको जिकिर गरे । सापकोटाले २० गते संयुक्त बैठक बसेर एकता घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण