राजनीति
कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी
आइतबार, १६ कात्तिक २०८२, १५ : ०७
काठमाडौँ । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।
आइतबार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।
उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णयको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।
उनीहरुले युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ ।
युवाहरूको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण