अफगानिस्तानमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प
सोमबार, १७ कात्तिक २०८२, ०५ : २९
सारांश
- उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको भूकम्प गएको छ।
- भूकम्पको धक्का काबुलसहित आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियो।
- अहिलेसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन, स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको हो।
भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि यसको धक्का महसुस गरिएको बताइएको छ।
अहिलेसम्म कुनै जनधनको क्षतिबारे आधिकारिक विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
गत दुई महिनाअघि पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण