थानकोटबाट ६ जना जुवाडे पक्राउ, १ लाख ७२ हजार बरामद
सोमबार, १७ कात्तिक २०८२, १० : ३४
सारांश
- थानकोटको महादेवस्थानबाट प्रहरीले कौडा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले जुवा खेल्नेहरूको साथबाट १ लाख ७२ हजार नगद बरामद गरेको छ।
- पक्राउ पर्नेमा घरधनी सरिता गिरी, राजु लामा, नारायण अधिकारी लगायत रहेका छन्।
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–६ थानकोट स्थित महादेवस्थानबाट प्रहरीले कौडा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले ५ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेल्नेहरूको साथबाट १ लाख ७२ हजार नगद बरामद गरेको छ । खालबाट १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा घरधनी ४४ वर्षीया सरिता गिरी, मकवानपुर घर भएका राजु लामा, धादिङ घर भएका ३६ वर्षीय नारायण अधिकारी, धादिङ घर भएका ३१ वर्षीय मिलन तामाङ, चन्द्रागिरिका ३४ वर्षीय शनि खड्का र मकवानपुर घर भएका २७ वर्षीय सम्राट् स्याङतान छन् ।
आइतबार पक्राउ परेका आरोपीहरूमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण