मोटरसाइकल चोरीमा संलग्न गोकर्णेश्वरबाट पक्राउ
सोमबार, १७ कात्तिक २०८२, ११ : ५४
सारांश
- गोकर्णेश्वर नगरपालिकामा मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोकका उज्वल तामाङ छन्, उनलाई तिनचुलीबाट नियन्त्रणमा लिइएको हो।
- प्रहरीले तामाङलाई आवश्यक अनुसन्धानका लागि बौद्ध वृत्तमा पठाएको छ।
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, तिनचुली सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ घर भई हाल तिनचुली बस्ने २८ वर्षीय उज्वल तामाङ रहेका छन्। तामाङलाई प्रदेश ३-०२-००१ प ४५६५ नम्बरको निलो रङ्गको २२० cc को मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो।
मोटरसाइकलसहित नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण