फुटबल
ओभिएदो र ओसासुनाबिच बराबरी, सन्डरल्याण्ड र एभर्टनले पनि अङ्क बाँडे
मङ्गलबार, १८ कात्तिक २०८२, ०५ : १६
सारांश
- ला लिगाको खेलमा ओभिएदो र ओसासुनाबीचको खेल गोलरहित बराबरीमा सकियो।
- इंग्लिस प्रिमियर लिगमा सुन्दरल्याण्ड र एभर्टनबीचको खेल १-१ को बराबरीमा टुङ्गियो।
- दुवै खेलमा बराबरी भएपछि टोलीहरूले समान अङ्क बाँडे।
काठमाडौँ । ला लिगामा मगलबार (आज) भएको खेलमा ओभिएदो र ओसासुनाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। दुवै टोलीले अवसर सृजना गरे पनि गोल गर्न असफल रहेपछि खेल ०-० को नतिजामा समाप्त भयो।
त्यस्तै, इंग्लिस प्रिमियर लिगमा सन्डरल्याण्ड र एभर्टनबिचको प्रतिस्पर्धा पनि १-१ को बराबरीमा टुङ्गिएको छ। खेलको १५औँ मिनेटमा एभर्टनका इलिमान न्डियाएले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमै सन्डरल्याण्डका ग्रानिट जाकाले बराबरी गोल गर्दै खेललाई १-१ को बारबारीमा पुर्याए ।
दुवै प्रतियोगितामा बराबरी खेलपछि टोलीहरूले समान एक-एक अङ्क बाँडे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण