बीसीसीआईले विश्वकप विजेता भारतीय महिला टोलीलाई ५१ करोड रुपैयाँ नगद पुरस्कार दिने
सारांश
- बीसीसीआईले महिला विश्वकप जितेपछि खेलाडी, व्यवस्थापन टोली र छनोट समितिलाई ५१ करोड नगद पुरस्कार दिने घोषणा गरेको छ।
- भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हराएर विश्वकप जितेको हो, जहाँ ३९,५५५ दर्शक उपस्थित थिए।
- यो जित सिनियर महिला टोलीको पहिलो विश्वकप ट्रफी हो, यसअघि यू-१९ महिला टी-२० विश्वकप जितेको थियो।
काठमाडौँ । सन् २०२५ को महिला विश्वकपमा भारतको जितेपछि बीसीसीआईले खेलाडी, म्यानेजेमेन्ट टिम र छनोट समितिका लागि ५१ करोड रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ । टोलीले आईसीसीबाट पुरस्कार स्वरूप ४.४८ मिलियन अमेरिकी डलर (लगभग भारतिय ४० करोड रुपैयाँ) पनि प्राप्त गर्नेछ।
‘बोर्डको तर्फबाट, म भारतीय महिला क्रिकेट टोलीलाई यस ऐतिहासिक विश्वकाप जितेकोमा बधाई दिन्छु,’ बीसीसीआईका अध्यक्ष मिथुन मान्हसले एक विज्ञप्तिमा भने, ‘टिमको लचिलोपन, प्रतिभा र एकताले हाम्रो राष्ट्रको आशा जगाएको छ। यो विजयले विश्व–स्तरीय महिला कार्यक्रम निर्माण गर्न बीसीसीआईले गरेको लगानी र विश्वासलाई पुष्टि गर्छ ।’
भारतले आइतबार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा ३९ हजार ५५५ दर्शकको अगाडि दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै विश्व विजेता बनेका थियो ।
‘यो उपलब्धि निरन्तर तयारी, उत्कृष्ट प्रदर्शन र हाम्रा महिला क्रिकेटरहरूको अटल विश्वासको परिणाम हो,’ बीसीसीआईका सचिव देवजित साइकियाले भने ।
भारतले सन् २०२३ मा यू–१९ महिला टी–२० विश्वकप जितेको थियो तर यो महिला टोलीको पहिलो सिनियर विश्वकप ट्रफी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण