औँलामा चोटका कारण सेइफर्ट शृङ्खलाबाट बाहिरिए
सारांश
- टिम सेइफर्ट औँलामा चोटका कारण वेस्ट इन्डिजविरुद्धको टी२० शृङ्खलाबाट बाहिरिएका छन्।
- सेइफर्टको स्थानमा मिचेल हेलाई टोलीमा समावेश गरिएको छ।
- पाँच खेलको टी२० आई शृङ्खला बुधबार अकल्यान्डको इडेन पार्कमा सुरु हुँदैछ।
काठमाडौँ । टिम सेइफर्ट औँलामा चोटका कारण न्युजिल्यान्डको वेस्ट इन्डिजविरुद्धको आगामी घरेलु टी–२० आई शृङ्खलाबाट बाहिरिएका छन् । सेइफर्टको स्थानमा मिचेल हेलाई टोलीमा समावेश गरिएको छ र उनी सोमबार राति टोलीमा सामेल भएका छन् ।
सोमबार नर्दन डिस्ट्रिक्ट्सका लागि वेलिङ्टन फायरबड्र्सविरुद्धको फोर्ड ट्रफी खेलमा ब्याटिङ गरिरहेका बेला सेइफर्टको औँलामा चोट लागेको थियो र त्यसपछि उनले मैदान छाडेका थिए । त्यसपश्चात गरिएको एक्स–रेले उनको दाहिने चोर औँलामा फ्र्याक्चर भएको पुष्टि भएको थियो ।
न्युजिल्यान्डका मुख्य प्रशिक्षक रब वाल्टरले एक विज्ञप्ति जारी गर्दै भने, ‘हामी सबै टिमप्रति सहानुभूति राख्छौँ । शीर्ष क्रममा उनको उत्कृष्ट ब्याटिङ र विकेटकिपरको भूमिकाका कारण उनी यस टी–२० टोलीका एक महत्त्वपूर्ण सदस्य हुन् । त्यसैले, आगामी पाँच खेलमा उनको कमी महसुस गरिनेछ ।’
सेइफर्टजस्तै विकेटकिपर–ब्याटर मिच हे, उनको स्थानमा आएका खेलाडी जति अनुभवी छैनन् । तर, उनले गत वर्ष नोभेम्बरमा डम्बुलामा श्रीलंकाविरुद्ध डेब्यु गरेपछि ११ टी२० आई खेल खेलेका छन् ।
प्रशिक्षक वाल्टरले भने, ‘मिचले हालसम्मका आफ्ना अन्तर्राष्ट्रिय खेलहरूमा आफू उच्च स्तरको विकेटकिपर–ब्याटर भएको र यो स्तरमा योगदान दिन पूर्ण रूपमा सक्षम रहेको प्रमाणित गरेका छन् ।
पाँच खेलको टी–२० आई शृङ्खला बुधवार अकल्यान्डको इडेन पार्कमा सुरु हुँदैछ ।
वेस्ट इन्डिजविरुद्धको न्युजिल्यान्ड टोलीः
मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे (विकेटकिपर), जेकब डफी, जाक फाउल्क्स, काइल जेमिसन, ड्यारिल मिचेल, जिमी नीशम, रचिन रवीन्द्र, टिम रोबिन्सन, मिच हे (विकेटकिपर), नाथन स्मिथ, इश सोधी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण