जगाती वृत्तमा आगजनी गर्ने ८ जना आफैँ प्रहरीमा उपस्थित
सारांश
- भक्तपुरको प्रहरी वृत्त जगातीको कार्यालय भवन आगजनीमा संलग्न आरोपीहरू आफैँ प्रहरीमा उपस्थित भएका छन्।
- आगजनीमा संलग्नहरूमा रामशरण परियार, रूपक परियार, अमृत सुनुवार लगायतका व्यक्तिहरू छन्।
- गृह मन्त्रालयको सर्कुलरपछि उनीहरूलाई हाजिर जमानीमा रिहा गरिएको थियो र अहिले अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
काठमाडौँ । भक्तपुरस्थित प्रहरी वृत्त जगातीको कार्यालय भवन आगजनीमा संलग्न आरोपीहरू आफैँ प्रहरीमा उपस्थित भएका छन् । भदौ २४ मा आगजनीमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको बेला आरोपीहरू आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।
उपस्थित हुनेहरूमा काभ्रेको नमोबुद्ध घर भएका ३४ वर्षीय रामशरण परियार, बनेपा घर भएका ३२ वर्षीय रूपक परियार, नमोबुद्ध नगरपालिका–१ घर भएका अमृत सुनुवार, सर्लाही घर भएका २६ वर्षीय होम बहादुर खत्री, महोत्तरी घर भएका १८ वर्षीय प्रालद कुमार ठाकुर, भक्तपुर नगरपालिका–८ बस्ने २३ वर्षीय राजन माक र सर्लाही घर भएका १६ वर्षीय सरोज बम्जन छन् । काभ्रेको नमोबुद्ध घर भएका २२ वर्षीय विकाश तामाङ पनि प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
दसैँ अगाडि पक्राउ परेपनि गृह मन्त्रालयले जेनजी प्रदर्शनमा भएका घटना उच्चस्तरीय जाँचबुझ आयोगको अधिकार क्षेत्रमा पर्ने भन्दै नियमित कानुनी प्रक्रियाबाट अनुसन्धान नगर्न भन्दै सर्कुलर गरेको थियो । मन्त्रालयको सर्कुलर पछि त्यतिबेला उनीहरूलाई त्यसबेला हाजिर जमानीमा रिहा गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनीहरूमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ । उपस्थित भएकाहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण