चितवन निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ, पर्यटक उत्साहित
सारांश
- चितवन राष्ट्रिय निकुञ्जमा बाघ अवलोकन गर्ने पर्यटकको संख्या बढेको छ।
- पर्यटक, कर्मचारी र सुरक्षाकर्मीले समेत विगतको तुलनामा बढी बाघ देख्न थालेका छन्।
- यस वर्ष चितवनमा बाघ गणना गरिँदै छ, र पछिल्लो गणनाअनुसार १२८ वयस्क बाघ थिए।
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हिजोआज बाघको अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्या बढेको छ। सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए भने गत साता पर्यटकले पनि बाघ देखेपछि खुसी व्यक्त गरेका थिए।
पर्यटक, निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले समेत विगतका तुलनामा बढी बाघ देख्न थालेका छन्। लामो समय निकुञ्ज बन्द रहेर जिप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले बाघ देख्न पाएका हुन्।
सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जिप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुसी हुँदै प्रतिक्रिया दिने गरेका छन्। दुर्लभ एकसिङ्गे गैँडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन्।
सोमबार भिम्ले पोस्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुसी भएर 'टिप्स' दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए। उनले भने, ‘बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुसी हुन्छन्।’ ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरूले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए। ढड्डीहरू सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने उनले बताए।
यस वर्ष चितवनमा बाघ गणना गरिँदै छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या १२८ वटा थियो। आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण