राम कार्कीले भने- नेताले दिएको दर्ज्यानी चिन्ह मिल्काएर हामी आएका छौँ
काठमाडौँ । ‘प्रगतिशील अभियान नेपाल’का नेता राम कार्कीले ‘नालायक’ नेतृत्वलाई प्रतिस्थापन गर्न सक्ने ल्याकत नपुग्दा समस्या आएको बताएका छन् । नेकपा माओवादी केन्द्रबाट अलग कित्तामा उभिएका कार्कीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन मार्फत आज नेपालको कम्युनिस्ट आन्दोलन विघटनको अवस्थामा रहेको बताए ।
पछिल्लो जेनजी विद्रोहले कम्युनिस्ट पार्टीलाई विघटन गरेको उनले जिकिर गरे । अहिले भ्रष्टाचारको मुद्दा लागेका नेताहरु अहिले टाउकोमा कल्की लगाएर ठुल्ठुला पदमा पुगेको उनको आरोप छ ।
‘जनता र कम्युनिस्ट पार्टीबिच एउटा गहिरो खाडल बढ्दै गयो । हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनौँ । हामी एक थान नयाँ पार्टी खोल्न गएका छैनौँ’, उनले भने, ‘हामी गल्ती स्वीकार गरी अभियान चलाउँछौँ । हामीले यतिका वर्षसम्म नेतृत्वलाई सुधार्न नसकेकोमा माफी माग्न चाहन्छु । हामीले नेतृत्वले दिएको दर्जानी चिन्ह मिल्काएर आएका छौँ । शुभेच्छुक र शुभचिन्तकहरूलाई समाजवादी आन्दोलनमा लाग्न आह्वान गर्दछौँ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण