वामदेव गौतमले मागे पार्टी र नेतृत्वको आर्थिक स्रोत
सारांश
- वामदेवले पार्टीको आर्थिक स्रोतबारे प्रचण्ड र नेपाललाई प्रस्ट पार्न आग्रह गरे।
- उनले पार्टी निर्माणका लागि बलिदान दिन तयार हुनुपर्ने र समाजवादी क्रान्तिबारे स्पष्ट पार्न आग्रह गरे।
- गौतमले लोकतान्त्रिक समाजवाद लागु गर्न नेतृत्व तयार भए साथ दिने बताए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेवले पार्टीको आर्थिक स्रोत के हो त्यसमा प्रस्ट पार्न संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई आग्रह गरेका छन् । बुधवार भएको एकता सभामा बोल्दै गौतमले नेताहरूको आर्थिक स्रोत स्पष्ट पार्न आग्रह गरेका हुन् ।
‘पार्टी एकता धेरै भयो । तर पार्टीको आर्थिक स्रोत के हो ? कार्यकर्ताको स्रोत के हो ? जनताको स्रोत के हो ? पुँजीपतिसँग गएर चन्दा उठाउने अनि पार्टी चलाउने ?’, नेतृत्वमाथि प्रश्न गर्दै उनले भने– ‘आर्थिक उत्पादनमा आधारित भएर पार्टी चलाउनुपर्छ । यहाँ हामीसँग दुई हजार प्रतिनिधि छन् । १२ लाख सदस्य छन् । यी सदस्यलाई ७५३ पालिकामा बजार विस्तार गर्न सकिन्छ । जनताको बिचमा गयौँ भने ६ महिनामा २० लाख हुनेछ । चार÷पाँच वर्षमा एक करोड पार्टी सदस्य बन्नेछन् ।’
गौतमले पार्टी निर्माणका लागि बलिदान दिन तयार हुनुपर्ने बताए । बलिदान दिन आफू तयार भएको पनि उनले प्रस्ट पारे । यस्तै समाजवादी क्रान्ति केका निम्ति भनिएको हो ? त्यो क्रान्ति कस्तो हो स्पष्ट पार्न उनले आग्रह गरे ।
यी सबै कुरा प्रस्ट पारेर संविधानमा व्यवस्था भएको लोकतान्त्रिक समाजवाद लागु गर्न नेतृत्व तयार भए काँधमा बोक्न तयार भएको गौतमले बताए ।
‘मैले भनेका यी कुरा लागु गर्नुभयो भने दुई जना कमरेडलाई काँधमा हालेर हिँड्छु । दुवै जनालाई एकचोटी सक्दिन । एक जनालाई अझै सक्छु । संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद लागु गर्नुपर्छ । त्यो लागु गर्नुपर्छ । आज हामीले १० वटा पार्टीलाई एक ठाउँमा ल्याएका छौँ । यो ठुलो काम हो । यसले समाजवाद लागु गर्नुपर्छ । खालि किताब पढ्यो समाजवाद भन्यो हिँड्यो । झोलामा समाजवाद बोकेर आउँछ ?’, उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण