मन्त्री पुन र बेलायती राजदूतबिच भेटवार्ता, शैक्षिक सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
बिहीबार, २० कात्तिक २०८२, १४ : २३
सारांश
- बेलायती राजदूत रोब फेनले शिक्षा मन्त्रीसँग भेटवार्ता गरी बेलायतको सहयोगबारे प्रतिबद्धता जनाए।
- भेटमा डिजिटल नवप्रवर्तन र समावेशी रोजगारी सिर्जना गर्ने विषयमा छलफल भयो।
- बेलायत समर्थित परियोजनाहरू मार्फत प्राथमिकताहरूलाई अघि बढाउने विषयमा कुराकानी भयो।
काठमाडौँ । बेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) मा बेलायतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उक्त भेटघाटमा डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउने र बेलायतद्वारा समर्थित विभिन्न परियोजनाहरूमार्फत समावेशी रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने साझा प्राथमिकताहरूमा जोड दिइएको नेपालस्थित बेलायती दूतावासले जानकारी दिएको छ।
भेटमा बेलायतको सहयोगमा सञ्चालित समर्थ, नेपाल इन बिजनेस र ग्रीन ग्रोथ नेपाल जस्ता परियोजना तथा पहलहरूमार्फत यी प्राथमिकताहरूलाई अघि बढाउने विषयमा छलफल भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण