राष्ट्रपति पौडेल स्वदेश प्रस्थान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए ।
उनलाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।
सम्मेलनको मुख्य सत्रलाई राष्ट्रपति पौडेलले मङ्गलबार सम्बोधन गरेका थिए। उनले गरिबी निवारण, पूर्ण र उत्पादक रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । सोही दिन राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्तासमेत गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको यो शिखर सम्मेलनमा वर्तमान विश्वले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिको सामाजिक प्रभावलगायतका विषयमा छलफल भएको थियो ।
नेपाल हाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण