शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाै पुस्ताले नबिर्सने गरी भ्रष्टाचारीलाई जेलमा सडाउनुपर्छ : विप्लव

बिहीबार, २० कात्तिक २०८२, १६ : ४८
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताए।
  • उनले भ्रष्टाचारीलाई सजाय दिन शक्तिशाली नागरिक आयोग र निष्पक्ष न्यायालय आवश्यक रहेको बताए।
  • विप्लवले विशेष अदालतलाई नक्कली र भ्रष्टाचारीले घुस खुवाएर उन्मुक्ति पाउने गरेको आरोप लगाए।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई आजीवन कारावास सजाय हुनुपर्ने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममार्फत पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै उनले त्यसका लागि नागरिक आयोगको सिफारिसमा निष्पक्ष फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक भएको बताए ।

‘जेनजी विद्रोहपछि पनि भ्रष्टाचारी अहिले खुलेयाम सडकमा आएका छन् । नेपालमा एउटा शक्तिशाली नागरिक आयोग जरुरी छ । नागरिक आयोगले सिफारिस गरेपछि फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक छ । नागरिक आयोगले छानबिन गरेको फैसला अन्तिम हुनुपर्छ’, उनले भने ।

 उनले थप भने, ‘यहाँ विशेष अदालत छ तर डमी नक्कली छ । भ्रष्टाचारीले सर्वोच्च अदालतमा झन् धेरै घुस खुवाएर सफाइ पाएर निस्कन्छ । जनताको पैसा लुट्ने । भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय हुनुपर्छ । अहिले मार्नु वा फाँसीको कुरा त गर्नु भएन । तर भ्रष्टाचारीलाई नाै पुस्ताले नबिर्सने गरी जेलमा सडाउनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप