दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम
सारांश
- दिल्लीमा वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढेका छन्।
- नयाँ दिल्लीका अस्पतालहरूमा बिरामीको संख्या बढेको छ र वायु गुणस्तर 'खराब' श्रेणीमा छ।
- प्रदूषण नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरू गरिरहेको छ र डाक्टरहरूले आँखाको समस्या बढेको बताएका छन्।
नयाँदिल्ली । दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित विरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन् ।
मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिन देखि त्यस्ता बिरामीहरूले भरिएका छन् । दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गए पछि बिहीबार, दिल्लीका धेरै क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क ‘खराब’ श्रेणीमा रहेएको जनाइएको छ ।
वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा ‘सडकमा पानी छर्कने दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिटलाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयरहरू जडान गर्ने’ जस्ता विभिन्न उपायहरू गरिरहेको जनाइएको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइनका अनुसार ‘दिल्लीमा प्रदुषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरहरूले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरहरूले प्रदुषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् ।’
दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या २२–२५ प्रतिशत रहेको बताउनु भएको छ ।
वायु प्रदूषणका कारण दिल्लीका बासिन्दाहरु प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । उनीहरुले दिल्लीका बासिन्दाहरूलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्यहरु घर भित्रै बसेर गर्न सल्लाह दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण