डोल्पाबाट २ करोड २० लाखको स्याउ निर्यात
शुक्रबार, २१ कात्तिक २०८२, १३ : ३७
सारांश
- डोल्पाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ।
- डोल्पाबाट कुल सय मेट्रिक टन स्याउ बाहिरिएको छ, ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग रहेको छ।
- डोल्पाको स्याउ पोखरा र काठमाडौंजस्ता ठूला सहरहरूमा पुगेको छ।
डोल्पा । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले दिएको जानकारीअनुसार, डोल्पाबाट कुल सय मेट्रिक टन स्याउ बाहिरिएको हो।
कार्यालयले स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ। डोल्पाको स्याउ पोखरा र काठमाडौंजस्ता ठूला सहरहरूमा पुगेको छ।
कार्यालयका निमित्त कार्यालय प्रमुख गोविन्द मल्लका अनुसार यस वर्ष ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। कर्णाली प्रदेशका जुम्ला, कालिकोट र मुगु लगायतका अन्य जिल्लाहरूमा पनि स्याउ उत्पादन हुने गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण