स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध
सारांश
- मध्यपहाडी राजमार्गअन्तर्गत लिखु गाउँपालिका-६ छहरेमा स्थानीयले सडक अवरुद्ध गरेका छन्।
- सडक मर्मतको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेपछि नुवाकोट र रसुवाको यातायात प्रभावित भएको छ।
- सडक खुलाउन स्थानीय र आयोजनाका प्रतिनिधिबीच छलफल भइरहेको छ, तर माग पूरा नभए अनिश्चितकालीन अवरोध जारी रहनेछ।
नुवाकोट । सडक मर्मत सुधारको माग गर्दै मध्यपहाडी राजमार्गस्थित लिखु गाउँपालिका–६ छहरेमा आज स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसगैँ टोखा–छहरे सडक हुँदै नुवाकोट र रसुवा आवत जावत गर्ने सवारी साधन रोकिएका छन् ।
सडक अवरोधका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ आवतजावत गर्ने गाडीबीच बाटोमा रोकिएका छन् । सडक खुलाउन आयोजनाका प्रतिनिधि र स्थानीयवासीबिच छलफल गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
बिग्रिएको सडक मर्मतका लागि सम्बन्धित पक्षलाई गराएको ध्यानाकर्षणको बेवास्ता गरिएको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन सडक अवरोध सुरु गरेका हुन् । मागको सुनुवाइ नभएकाले अनिश्चितकालीन विरोधको कार्यक्रम सुरु गरिएको स्थानीय नवराज थापाले जानकारी दिए ।
उनका अनुसार छहरेमा तीन वर्षअघि निर्माण गरिएको सडकमा खाल्डाखुल्डीका कारण दैनिकजसो दुर्घटना हुने गरेकाले तत्काल सुधारको माग गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण