केभिआर समीट च्यालेन्जमा विशाल र मारिजे विजयी
सारांश
- केभिआर समीट च्यालेन्जको दोस्रो चरणको दौडमा पुरुषतर्फ विशाल राई र महिलातर्फ मारिजे गुवर्टसनले जित हासिल गरे।
- २१ किलोमिटरको दौडमा वीरेन्द्र पाण्डे दोस्रो र युगल राई तेस्रो भए भने महिलातर्फ जर्जिया टिन्डले दोस्रो र सोन्या मुइतारी तेस्रो स्थानमा रहे।
- प्रतियोगितामा स्वदेशीसहित दस देशका धावकले भाग लिएका थिए, जसमा अब तीन चरणका दौड बाँकी छन्।
काठमाडौँ । काठमाडौँमा आयोजित केभिआर समीट च्यालेन्जको तेस्रो संस्करणको दोस्रो चरणको दौडमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन प्रथम भएका छन्। ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको ट्रेल रेसमा विशालले २ घण्टा ३१ मिनेटमा दौड पूरा गरे। यसै स्पर्धामा नेपालका वीरेन्द्र पाण्डे दोस्रो र युगल राई तेस्रो भए।
महिलातर्फ मारिजेले ३ घण्टा ३७ मिनेट समयसहित जित हासिल गरिन्। स्कटल्यान्डकी जर्जिया टिन्डले दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी तेस्रो स्थानमा रहे। २१ किलोमिटरको यो दौड स्युचाटारबाट सुरु भई गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ हुँदै सूर्यचौरमा सम्पन्न भएको थियो।

ट्रेल रनिङमा नयाँ सहभागीका लागि राखिएको ७ किलोमिटरको फन रनमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा र महिलातर्फ अनिमा शेर्पा पहिलो भए।
‘स्वस्थ रहौँ, रमाइलो गरौँ, र ट्रेलमै नेपाललाई चिनाऔँ’ नारासहित आयोजना गरिएको यो प्रतियोगितामा स्वदेशीसहित दस देशका धावकले सहभागिता जनाएका थिए। यस च्यालेन्जमा अब तीन चरणका दौड बाँकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण