ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु, १३० घाइते
सारांश
- दक्षिणी ब्राजिलमा आएको आँधीले कम्तीमा पाँच जनाको ज्यान लियो, जसमा १३० जना घाइते भए।
- पाराना राज्यको रियो बोनिटो डो इगुआकुमा कार पल्टिनुका साथै घरहरूमा क्षति पुग्यो।
- आँधीका कारण रूख ढले र ३० जना गम्भीर घाइते भए, सेना परिचालन गरी प्रभावित क्षेत्रको निगरानी गरिएको छ।
ब्रासिलिया । दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिवार बताएका छन् ।
आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ । आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ ।
आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ । पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८०–२५० किलोमिटर प्रति घण्टा को गतिमा आएको थियो ।
आँधीका कारण रूखहरू ढल्नुका काथै घरहरूमा क्षति भएको एजेन्सीले बताएको छ । पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा ‘सुरक्षाका लागि सेना परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको बताएका छन् ।
मौसम अधिकारीहरूका अनुसार परानाका साथै दक्षिणी राज्यहरू सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण