सङ्खुवासभामा आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती
सारांश
- सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले भोटखोलामा शान्तिसुरक्षा, अपराध नियन्त्रण र लागुऔषध कारोबार रोक्न गस्ती सुरु गरेको छ।
- प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खाँदबारीदेखि किमाथाङ्कासम्मका गाउँबस्तीमा गस्ती गरिनेछ।
- गस्तीको मुख्य उद्देश्य शान्तिसुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु हो।
किमाथाङ्का । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवैध लागूऔषध कारोबार रोक्न लामो दूरीको गस्ती सञ्चालन गरेको छ । प्रहरीले दुर्गम तथा ग्रामीण भेगका नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीको गस्ती सञ्चालन गरेको हो ।
सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रको किमाथाङ्का नाकासम्मका दुर्गम गाउँबस्तीमा लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्गम तथा ग्रामीण बस्तीमा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । उनका अनुसार यही कात्तिक १८ गतेदेखि छ दिनसम्मका गस्ती सुरु गरिएको हो ।
प्रहरी नायब उपरीक्षक मैनालीसहितको टोलीले सदरमुकाम हुँदै भोटखोला गाउँपालिकाको स्याक्सिलागोला, चेपुवा, किमाथाङ्का, हटियागोला, मकालु गाउँपालिकाको हेदाङना, नुमलगायत बस्तीमा गस्ती गर्ने जनाइएको छ ।
स्थानीय क्षेत्रमा शान्तिसुरक्षाको अवस्था सुदृढ गर्नाका साथै आपराधिक गतिविधि, अवैध कारोबार नियन्त्रण तथा नागरिकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गस्ती सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।
विकट भौगोलिक अवस्था र दुर्गम क्षेत्रमा नियमित गस्ती, समुदायसँग भेटघाट र सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन यो गस्ती उपलब्धिमूलक हुने उनले विश्वास व्यक्त गरे । भोटखोला उत्तरी क्षेत्र चीनसँग जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण